सडकमा भिख: पेशा कि बाध्यता

काठमाडौं। महानगरपालीकाले सडक मानिसहरु व्यवस्थापन गर्ने क्रममा ३४ जनामात्र वास्तविक बेवारिसे पाइएका छन् । ५ सय २८ जना सडक मानिसहरुलाई आ–आफ्नो घर पठाइएको छ । महानगरले उद्धार गरेका सडक मानिसहरु मध्य धेरैजसोले पैसा कमाउने सजिलो उपाएको रुपमा यो ‘पेशा’लाई अंगालेको पाइएको छ । घरपरिवार सबै भएता पनि उनिहरु सडकका पेटिमा माग्न बस्ने गरेको पाइएको छ ।

 

‘एकचोटि मागेर खान पल्के पछि काम गर्न मन नलाग्ने र मागेरै पैसा कमाउन सजिलो भएकोले गर्दा सडक मानिसहरुको संख्या बढ्न गएको देखिएको छ । उनिहरु जोरपाटि डेरा गरेर बसे पनि माग्नैको लागि भनेर रत्नपार्क आउने गरेको पाइयो’, योजनामा संलग्न महानगरका कर्मचारीले बताए ।

 

उनीहरु जहाँ धेरै मानिसहरु ओहरदोहर गर्छन्, त्यहाँ दैनिक गएर माग्न बस्ने गरेका छन् । किन आफु बसेको ठाउँबाट यति टाढा माग्न आउनुभएको ? भनेर सोध्दा एक भिखारी भन्छन्,‘जोरपाटिमा माग्न बस्दा थोरै कमाइ हुने भएकाले यहाँ सम्म आउने गरेका हो’

 

जोरपाटिमा डेरा गरेर बसोबास गर्दै आइरहेका एक दृष्टिविहिन समुह चाडपर्व र बिशेष दिनमा मन्दिरतिर वा रत्नपार्कमा आएर गित गाएर बजाएर माग्ने गरेका छन् । खुट्टा भाँचिएको जस्तो गरी खुट्टा खोच्याउँदै हिड्ने र बोल्न नसक्ने अभिनय गर्दै जहाँ जोडिहरु डेटिङ बसिरहेका हुन्छन् त्यहिँ गएर पैसा माग्ने गरेका छन् ।

 

यद्यपी सडकमा अशक्त, अभिभावकविहीन , सडकका पेटीमा जीवनयापन गर्ने, सडकमा अलपत्र र अपाङ्ग मानिसहरु पनि नभएका भने होइनन् ।

 

महानगरपालीकाले उद्दार गरेको कुल ६५६ मध्ये ५२८ जना घर परिवार रहेको भेटिएकाले उनीहरुलाई आ–आफ्नो घर पठाइएको छ । ६५ जनाको पृष्ठभुमिको बारेमा खोजिनीति भइरहेको छ भने ३६ जनामात्र बेसहारा देखिएका छन् ।

 

‘अहिलेसम्म उद्धार भएका मध्ये ५ सय २८ जना सडक मानिसहरुलाई घर पठाइएको छ । कतिका अवस्था बुझ्दै छौं । उनिहरु साँच्चैको रुपमा बेसहारा हुन् वा होइनन भनेर बुझ्दैछौं भने कतिको परिवारलाई कुरेर बसेको छौं’, मानवसेवा आश्रमकी प्राधिका आस्मा ढकालले बताइन् ।
मानवसेवा आश्रमले प्रहरी र महानगरको सहयोगमा अनुगमन गरेर सडक मानिसहरुलाई व्यवस्थापन गरिरहेको छ ।

 

भारतमा पनि सडकमा भिख माग्ने पेशाको कुल अर्थतन्त्र झण्डै २ सय करोड भारु रहेको विवरण केही वर्ष अघि सार्वजनिक भएको थियो । उनीहरुको आफ्नौ गाडी, फ्ल्याट बैंक ब्यालेन्स इत्यादी भएको सो अध्ययनले देखाएको थियो ।

 

नेपालमा यो खाले अध्ययन अहिलेसम्म नभएको भएपनि धेरै धेरै भिखारीहरुले यसलाई पेशाकै रुपमा लिएको भने पुष्टि भएको छ । महानगरपालिकाले पछिल्लो समय सडकमा मान्छे माग्न नराख्ने योजना अनुसार सडक मानिसहरुको व्यवस्थापन गर्दै आएको छ । यसैक्रममा यस्ता नयाँ तथ्यहरु पनि बाहिर आएका हुन् ।

 

यद्यपी सडकमा अशक्त, अभिभावकविहीन , सडकका पेटीमा जीवनयापन गर्ने, सडकमा अलपत्र र अपाङ्ग मानिसहरु पनि नभएका भने होइनन् ।

 

मानवसेवा आश्रमले उद्धार गरेका यस्ता सडक मानिसहरु मध्ये अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुको पहिले देखि नै शारिरीक अवस्था कमजोर भएको र छाति, फोक्सो, मृर्गोैलामा समस्या भएको पाइएको थियो ।

 

सडकमा बस्ने मानिसहरुले धेरै रक्सी पिउने भएकाले यस्ता समस्याहरु देखा परेको महानगरले जनाएको छ । उद्धार भएका मध्ये धेरै जनाको उपचार भइरहेको ढकाल बताउँछिन् ।

 

सरकारले पूर्ण रुपमा अपाङ्ग र अशक्त व्यक्तिलाई मासिक ३ हजार र सामान्य अशक्तलाई मासिक १५ सय दिने गरेको छ ।

प्राइम कमर्सियल बैंकले बढायाे नाफा, अन्य सूचक कस्ताे ? Read Previous

प्राइम कमर्सियल बैंकले बढायाे नाफा, अन्य सूचक कस्ताे ?

एक महिनामा नेप्से १३.६७ प्रतिशतले बढ्दा यो कम्पनीका लगानीकर्ताले ६८ प्रतिशतले कमाए Read Next

एक महिनामा नेप्से १३.६७ प्रतिशतले बढ्दा यो कम्पनीका लगानीकर्ताले ६८ प्रतिशतले कमाए