प्राइम कमर्सियल बैंकले बढायाे नाफा, अन्य सूचक कस्ताे ?

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाउन सपफल भएको छ । यो गत वर्षभन्दा २२.६१ प्रतीशतले बढी अर्थात २३ करोड ९८ लाख रुपैयाँ बढी हो। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ८ लाद ९६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

 

यस बैकको वितरण योग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार रुपैयाँ रहेको छ । प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा २२.१४ र २२.४० प्रतीशतल वृद्धि भएको छ । यसले खुद नाफा बढाउन सहयोग पुगेको हो ।

 

९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा पुस मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ। बैंकको चुक्ता पुँजी गत वर्षका भन्दा २०.५८ प्रतीशतल बढेर ९ अर्ब ६८ करोड नाघेको छ । प्राइमले निक्षेप संकलन तर्फ ४.७२ प्रतीशतलले बढाउदा कर्जा लगानी पनि ११.४४ प्रतीशतलले बढाउन सफल भएको छ । समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ।

 

खराब कर्जा १.५८ प्रतिशतबाट घटाएर १.४५ प्रतिशतमा ल्याउन सफल बैकले इन्ट्रेस स्प्रेड रेट पनि ५.१८ प्रतिशतबाट झारेर ५.११ प्रतिशतमा ल्याउन सफल भएता पनि अझै तोत्कएको सीमाभन्दा माथि छ। वेसरेट  पनि १०.१७ बाट ९.४५ प्रतिशतमा झरेको छ।

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप, कँडेल बने बिजेता Read Previous

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप, कँडेल बने बिजेता

सडकमा भिख:  पेशा कि बाध्यता Read Next

सडकमा भिख: पेशा कि बाध्यता