सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’, ९० महिनामा निक्षेप दोब्बर हुने

सिटिजन्स बैंकले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाता संचालनमा ल्याएको छ। यस निक्षेप योजनाअन्तर्गत उक्त बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना (९० महिना) पछि साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरी रकम फिर्ता पाउने छन्।

 

यस निक्षेप योजनाबाट बैंकका ग्राहक निक्षेप ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंकको आफ्ना ८९ वटा शाखा ८९ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन्।

 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/ क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।

दोस्रो त्रैमाससम्म नेपाल बैककाे नाफा घट्दा लक्ष्मीकाे बड्याे Read Previous

दोस्रो त्रैमाससम्म नेपाल बैककाे नाफा घट्दा लक्ष्मीकाे बड्याे

बाहिरी चक्रपथ निर्माणको ठेक्का चिनीयाँ कम्पनीलाई दिने तयारी Read Next

बाहिरी चक्रपथ निर्माणको ठेक्का चिनीयाँ कम्पनीलाई दिने तयारी