बिग मर्जर: पहिलाे बैंक ग्लोबल आइएमई र जनता

काठमाडाैं । गभर्नर डा. चिरञ्जिबी नेपालकाे बिग मर्जरको सपना साकार पार्ने पहिलो बैकका रुपमा ग्लोबल आइएमई बैंक अगाडि सरेकाे छ । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभ्नका लागि आजै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेकाे हाे।

 

दुई बैंकका अध्यक्षहरु चन्द्र प्रसाद ढकाल तथा केशव रायमाझीले आज एक कार्यक्रममा हस्ताक्षर सम्पन्न भएको छ । ‘दुई बैंकबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ, स्वाप रेसियो भने डीडीए रिपोर्ट आए पश्चात्र मात्र निर्धारण हुनेछ’, चाणक्यपोष्टसँग जनता बैंकका सिइओ पर्शुराम कुँवर क्षेत्रीले भने ।

 

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। ग्लोबलले जनतालाई अनुमानीत ८५ प्रतिशत स्वाप दिएमा दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ।

 

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने समझदारी भएको छ। सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमतीसमेत भएको छ ।प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् भने बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्।

 

मर्जरका लागि मर्जर संयुक्त कमिटी समेत गठन भएको छ । यसमा लागि दुबै बैंकका तर्फबाट ३/३ जना गरि ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ। कमिटीका संयाेजक ग्लोबल आईएमई बैंकका सुदर्शन कृष्ण श्रेष्ठलाई तोकिएको छ भने सह संयोजक जनता बैंकका गौतम प्रसाद खनाल रहने छन्।

 

कमिटीका अन्य सदस्यहरुमा ग्लोबल आईएमई बैंकको तर्फैबाट सुमन पोखरेल र नुमनाथ पौडेल तथा जनता बैंकको तर्फबाट रामप्रसाद भण्डारी र सञ्जिब न्यौपाने रहेका छन्। संयुक्त मर्जर कमिटीको कार्यालय ग्लोबल आईएमई बैंकको कार्यालय पानीपोखरीमा रहने बताइएको छ।

मर्जर प्रस्तावका लागि बैंकलाई दिइएको ७ दिन धेरै होः अनलराज भट्टराईको विचार Read Previous

मर्जर प्रस्तावका लागि बैंकलाई दिइएको ७ दिन धेरै होः अनलराज भट्टराईको विचार

इन्डोनेसियन बाटिक प्रदर्शन काठमाडौंमा शुरु Read Next

इन्डोनेसियन बाटिक प्रदर्शन काठमाडौंमा शुरु