अहिलेसम्म वित्तिय विवरण सार्वजनिक गरेका ४ बैंक मध्ये सबैभन्दा ‘आकर्षक’ सिटिजन्स बैंक !

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक हुन थालेको छ । हालसम्म एनआइसी एसिया, सानिमा, सिद्धार्थ र सिटिजन्स गरेर चारवटा वाणिज्य बैंकहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

 

४ मध्ये एनआइसी एसिया र सानिमाले खुद नाफा बढाएका छन् भने सिद्धार्थ र सिटिजन्सले खुद नाफा घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनआइसी एसियाले २ अर्ब २ करोड, सानिमाले १ अर्ब १५ करोड, सिद्धार्थले १ अर्ब २ करोड र सिटिजन्सले ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

 

यसैकारण एनआइसी एसियाको प्रतिसेयर आम्दानी ४१.६१ रुपैयाँ छ भने सानिमाको २६.०१ रुपैयाँ रहेको छ । उता सिद्धार्थ र सिटिजन्सको भने क्रमशः २०.९८ र १५.९५ रुपैयाँ रहेको छ ।

स्रोतः प्रमोद केसी

 

यो हिसाबले स्वभावीक रुपले एक लगानीकर्ताको रुपमा सबैभन्दा आकर्षक एनआइसी एसिया र सानिमा नै लाग्छन् । तर, नाफा कमाउने दृष्टिकोणले हेर्दा सँधै यस्तै अवस्था नहुन पनि सक्छ ।

 

त्यसैले हामीले यहाँ यिनै ४ वटा बैंकहरुको पछिल्लो वित्तिय विवरणलाई नै आधार मानेर यहाँ केही फरक तथ्याङ्क र दृष्टिकोण राख्ने प्रयास गरेका छौं ।

 

दास्रो त्रैमाससम्मको वित्तिय विवरण हेर्दा यी ४ बैंकको वितरण योग्य नाफाको वार्षिकिकरण क्रमशः २ अर्ब ३२ करोड, १ अर्ब ८३ करोड, १ अर्ब १४ करोड र १ अर्ब १२ करोड रहेको छ ।

 

यसैगरी गत वर्षको सञ्चिती नाफालगायत समेत जोड्दा यी ४ बैंकको वार्षिकिकरण गरिएको वितरण योग्य नाफा क्रमशःल २ अर्ब ५७ करोड, १ अर्ब ९० करोड, १ अर्ब ६० करोड र १ अर्ब १२ करोड हुन्छ ।

 

यसैका आधारमा आगामी वर्षको यी ४ बैंकको अनुमानित लाभांश क्रमशः २६.४७ प्रतिशत, २१.५९ प्रतिशत, १६.३४ प्रतिशत र १२.९९ प्रतिशत हुन आउँछ ।

 

यहाँसम्म सामान्य लगानीकर्ताको दृष्टिकोणले सबैभन्दा आकर्षक एनआइसी एसिया लाग्छ भने त्यसपछि सानिमा, सिद्धार्थ र सिटिजन्स लाग्छन् ।

 

तर, यहाँ ध्यान दिनुपर्ने कुरा के पनि हो भने एनआइसी एसियाको सेयर मूल्य प्रति कित्ता ४७५ रुपैयाँ हाराहारी छ भने सानिमाको ३५०, सिद्धार्थको ३१० र सिटिजन्सको २०० रुपैयाँ भन्दा पनि कम छ ।

 

मूल्य र अनुमानित लाभांशको दृष्टिकोणले हेर्दा अहिले सेयर किन्दा एनआइसी एसियाको कुल ‘रिर्टन’ ५.६१ प्रतिशत, सानिमाको ६.१६ प्रतिशत, सिद्धार्थको ५.१६ प्रतिशत र सिटिजन्सको ६.६६ प्रतिशत हुन आउँछ ।

 

यसको मतलब सबैभन्दा कम नाफा कमाएको र सबैभन्दा कम लाभांश दिने क्षमता भएको सिटिजन्सको कुल रिर्टन अन्य ३ बैंकको भन्दा आकर्षक देखियो । यसैगरि सबै सूचकका आधारमा अन्य भन्दा आकर्षक देखिएको एनआइसी एसिया सिद्धार्थ बैंक भन्दा मात्र आकर्षक ठहरियो ।

 

हालै एक सञ्चार माध्यमले गरेको सामान्य अध्ययनले पनि नेप्से १८८१ मा पुग्दा उच्च मूल्यमा नबिल बैंक किन्ने र सिभिल बैंक किन्नेको अहिलेसम्मको कुल रिर्टन हिसाब गर्ने हो भने सिभिल बैंक किन्नेहरु नबिल बैंक किन्ने भन्दा कम घाटामा रहेको देखाएको थियो ।

 

यहाँ नबिल भन्दा सिभिल राम्रो वा एनआइसी भन्दा सिटिजन्स राम्रो भन्न खोजिएको होइन । तर, सेयर लगानीकर्ताको रुपमा ध्यान दिनुपर्ने बिभिन्न आयामहरु मध्ये यो पनि प्रमुख आयाम हो भनेर भन्न मात्र खोजिएको हो ।

दातृ निकायको ऋण सहयोगमा ५ प्रतिशतले वृद्धि, धेरै सहयोग गर्नेमा विश्व बैंक Read Previous

दातृ निकायको ऋण सहयोगमा ५ प्रतिशतले वृद्धि, धेरै सहयोग गर्नेमा विश्व बैंक

बिक्री भएको ४८ वर्षपछि गोठाटारको १३ रोपनी जग्गा सरकारकाे नाममा फिर्ता Read Next

बिक्री भएको ४८ वर्षपछि गोठाटारको १३ रोपनी जग्गा सरकारकाे नाममा फिर्ता