भन्सार अब ‘पेपर लेस’ बन्दै

काठमाडौं । अब भन्सार प्रशासनलाई ‘पेपर लेस’ (कागज रहित) बनाइने भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब भन्सार ‘पेपर लेस’ हुने बताएका हुन् । शुक्रबार आयोजित ६८ औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बोल्दै उनले भन्सार प्रशासन ‘पेपर लेस’ प्रशासनमा विकास गर्दै लैजाने बताएका हुन् ।

 

‘हालसम्म हाम्रो विभागबाट हुने कामहरु मध्ये ९९.८ प्रतिशत अन्तराष्ट्रिय कारोबार अनलाइनबाट हुँदै आएको छ,’ महानिर्देशक दाहालले भने ।
कागजी प्रयोगबाट आयात तथा निर्यातको काम भएपनि अब आउँदो समयमा बाँकी कामहरु पनि डिजिटलाइज गर्दै पूर्ण डिजिटल बनाइने उनले बताए ।

 

हाल भन्सारका गुड क्लियरेन्स, बैंक पेमेन्ट, गेट इन्ट्रि, एक्जीट नोट, क्यास डिपोजिट म्यानेजमेन्ट लगायतकामहरु अनलाइन बाटै हुँदै आएका छन् ।

 

बैंकबाट हुँदै आएको यो कारोबार समेत अब आउँदो समयमा मोबाइलबाट सजिलै गर्न सकिने गरी व्यवस्था गरिने उनले जानकारी दिए ।

 

यस्तै पछिल्लो समय भन्सारबाटै वाइड एरिया नेटवर्क (डब्लुएएन) मार्फत नियमित रुपमा लाइभ मोनिटरिङ भइरहेको छ । आईपी क्यामेरा मार्फत सो नियमित मोनिटरिङ भइरहेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए । उनले हाल भन्सारका मुख्य नाकाहरुमा हुने कृयाकलापहरु सिधै भन्सार विभागको कन्ट्रोल रुपमबाट हेर्न मिल्ने गरी राखिएको बताए ।

 

साथै चीनसँग कस्टम्स् करपोरेसन एग्रीमेन्ट सम्पन्न भएको विभागले जनाएको छ । सो सम्झौता भारतसँग पनि हुने क्रममा रहेको उनले बताए ।

५ महिनामै चामल आयातमा ११ अर्ब बाहिरिँदा धान उत्पादन भने घट्दै Read Previous

५ महिनामै चामल आयातमा ११ अर्ब बाहिरिँदा धान उत्पादन भने घट्दै

उन्नत स्तरको पेट्रोलियम पदार्थ नेपाल ल्याईंदै, प्रदुषण कम हुने विश्वास Read Next

उन्नत स्तरको पेट्रोलियम पदार्थ नेपाल ल्याईंदै, प्रदुषण कम हुने विश्वास