सानिमा बैंकले १६.८४ प्रतिशतले खुद नाफा बढाउँदा सिद्धार्थ बैंकको ४ प्रतिशतले खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्ष भन्दा ४.०१ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ६ करोड रुपैयाँ कमाएको थियो ।

 

बैंकले निक्षेप १०.११ प्रतिशतले बढाएर १ अर्ब २६ अर्ब रुपैयाँ पुर्याएको छ । यसैगरी कर्जा प्रवाह पनि १२.८६ प्रतिशतले बढाएर १ खर्ब १८ अर्ब पुर्याएको छ । बैंकको कुल व्याज आम्दानी २१.१९ प्रतिशतले बढाएर २.७७ अर्ब पुर्याएको छ ।

 

बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ अर्ब रहेको छ भने जगेडा कोषमा झण्डै ५ अर्ब रुपैयाँ छ । बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट घटेर १.५५ प्रतिशतमा आइपुगेको छ ।

 

सेयरधनीहरुको सर्वाधिक चासो हुने दुई सूचकहरु प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपात क्रमशः २०.९८ रुपैयाँ र १५.०६ गुणा रहेको छ ।

 

उता सानिमा बैंकले भने १६.८४ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकको खुद नाफा गत वर्ष दोस्रो त्रैमाससम्म ९८ करोड २० लाख रुपैयाँ थियो भने यो वर्ष १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

 

बैंकले निक्षेप ११.११ प्रतिशतले बढाएर ९९ अर्ब ३० करोड पुर्याएको छ । यसैगरी कर्जा परिचालन पनि ८.९६ प्रतिशतले बढाएर ८८ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । बैंकको कुल व्याज आम्दानी पनि १३.५४ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

 

३ अर्ब ९० करोड रुपैयाँ जगेडा कोषमा भएको बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रुपैयाँ छ । खराब कर्जा थोरै बढेर ०.२४ प्रतिशतबाट ०.४१ प्रतिशत पुगेको छ ।

 

बैंकको प्रति सेयर आम्दानी २६.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ ।

विद्युत नियमन आयोगको विनियमावलीका कारण पीपीए ठप्प, बिद्युत उत्पादननै प्रभावित Read Previous

विद्युत नियमन आयोगको विनियमावलीका कारण पीपीए ठप्प, बिद्युत उत्पादननै प्रभावित

यतीकाे गोकर्ण फरेष्ट रिसोर्टको गेट नै बन्द गर्दिने ल्याकत राख्ने माइजुको भात होटल Read Next

यतीकाे गोकर्ण फरेष्ट रिसोर्टको गेट नै बन्द गर्दिने ल्याकत राख्ने माइजुको भात होटल