गुगलको माउ कम्पनी अल्फाबेट पनि ट्रिलियन डलर (हजार अर्ब डलर) क्लवमा

अमेरिकाको वाल स्ट्रिटको ट्रिलियन डलर (हजार अर्ब डलर) क्लवले नयाँ सदस्य पाएको छ । गुगलको माउ कम्पनी अल्फाबेटको सेयर मूल्यले अहिलेसम्मकै उच्च विन्दु चुम्दै हिजो बिहिवार आफ्नो कम्पनीको कुल मुल्याङ्कन १ ट्रिलियन डलर पुर्याए पछि वाल स्ट्रिटले नयाँ ट्रिलियन डलर सदस्य पाएको हो ।

 

अल्फाबेटले १ ट्रिलियन डलर क्लवमा एप्पल र माइक्रोसफ्टसँगै आफ्नो नाम पनि लेखाएको हो । हाल एप्पल अमेरिकाको सबैभन्दा ठूलो कम्पनी हो । एप्पलको कुल मुल्याङ्कन १.४ ट्रिलियन डलर रहेको छ । यसैगरी दोस्रोमा माइक्रोसफ्टको १.३ ट्रिलियन डलर मुल्याङ्कन रहेको छ ।तिनवटा अमेरिकी कम्पनीहरु एकै पटक ट्रिलियन डलर क्लवमा परेको यो नै पहिलोपटक हो ।

 

हाल बिश्वकै सबैभन्दा ठूलो कम्पनीको रुपमा साउदी अरेबियाको साउदी अरामको रहेको छ । अरामकोको कुल मुल्याङ्कन १.८ ट्रिलियन डलर छ ।

 

अहिले ९ सय ३० अर्ब डलर मुल्याङ्कन रहेको अमेजोन पनि गत वर्ष १ ट्रिलियन डलर क्लवमा पसेको थियो । तर, त्यतिबेला एप्पल मात्र ट्रिलियन डलर क्लवमा बिराजमान थियो ।

 

गुगलको माउ कम्पनी अल्फाबेटको सेयरमा पछिल्लो समय उछाल आइरहेको छ । सन् २०२० मा मात्र यो कम्पनीको सेयर ८ प्रतिशतले बढिसकेको छ ।

 

अमेरिकामा अहिले चीन र अमेरिका बिच पहिलो चरणको ब्यापार सम्झौता भएपछि ‘टेक कम्पनी’हरुमा उछाल आएको छ ।

सनराइज बैंकको जलविद्युतमा १३ अर्ब लगानी Read Previous

सनराइज बैंकको जलविद्युतमा १३ अर्ब लगानी

६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल, के हो कारण Read Next

६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल, के हो कारण