काठमाडौं । सनराइज बैंकले नेपालको ऊर्जा क्षेत्रमा करिब १३ अर्ब रुपैयाँ लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिएका छन् ।
राससले आज शर्मासँग गरेको कुराकानीको पूर्णपाठ प्रकाशन गरेको छ । उक्त कुराकानीमा शर्माले भनेका छन् “हामीले ४० आयोजनामा लगानी गरेका छौँ । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । हामी सो लक्ष्यलाई पूरा गराउन लागिपरेका छौँ । ऋण लगानी गरेका केही आयोजना पूरा भई बत्ती नै बल्न थालेका छन् । कतिपय निर्माणका क्रममा भने केही निर्माणमा जाँदैछन् ।”
जलविद्युत्मा समस्या देखिन थाल्यो, नियमित किस्ता तिर्नसमेत समस्या पर्न थाल्यो भन्ने अवस्था आएको हो भन्ने जिज्ञासामा पौड्यालले भने, ‘केही साना आयोजनामा समस्या देखिन सक्छ । जोखिम विभिन्न कारणले हुन्छ । भौगोलिक बनावट वा ‘हाइड्रोलोजी’ पनि जिम्मेवार छ ।’
प्रसारण लाईन निर्माणको विषयमा शर्माले भनेका छन् ‘जलविद्युत् आयोजनाको महत्वपूर्ण साधन भनेकै प्रसारण लाइन हो । त्यो थप्दै जानुपर्छ । ऊर्जा क्षेत्र खर्चिलो र जटिल छ । आयोजना तयार हुने, प्रसारण नै हुन नसक्ने अवस्था आयो भने त्यो भन्दा दुःखद अरु हुनै सक्दैन ।’
चीन, बंगलादेश र भारतलाई बिजुली चाहिएको छ । तत्कालका लागि भारतबाट ल्याएपनि आगामी दिनमा त त्यतै पठाउनुपर्छ । दक्षिण एशियामा हामीले प्रसारण लाइन मात्रै बनाउन सके त्यसले हामीलाई आर्थिक रुपमा ठूलो फाइदा हुन्छ । हामी अब त्यतातर्फ लाग्नैपर्छ । व्यापार घाटा घटाउने एक महत्वपूर्ण माध्यम बन्न सक्छ भनेर बैंकले ठूलो लगानी गरेको शर्माको दाबी छ । राससको सहयोगमा