काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ। जलविद्युत तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको बैंकले १०० रुपैयाँ अंकित दरका सेयर निष्काशन गर्न लागेको हो।
बैंकले साधारण शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एसका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ। ८ अर्ब रुपैयाँको सेययर जारीपछि चुक्ता पूँजी २० अर्ब नाघ्ने छ। बैंकमा १० प्रतिशत सेयर लगानी सरकारको समेत छ।