डेपुटी गर्भनर शिवराजले पाए सफाई, थपिए अर्का गर्भनरका प्रत्यासी

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारबाट सफाइ पाएका छन् । सरकारका प्रवक्ता गोकुल बास्कोटाले छानबिनमा केही पनि नपाएकाले सरकारले उनलाई सफाइ दिएको बताए । यससँगै उनी गर्भनरको प्रत्यासीका रुपमा देखिएका छन् ।

 

सरकारको पत्र अनुसार श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंक संचालक समितिको बैठकले गत कात्तिक १८ गते छानबिन समिति गठन गरेको थियो ।

 

सरकारको निर्णय अनुसार छानबिन गर्न समिति गठन भएपनि उनी राष्ट्र बैंक ऐन अनुसार निलम्बनमा परेका थिए । योसँगै श्रेष्ठको निलम्बन समेत हटेको छ ।

 

उनी आइतबारदेखि कार्यालय जाने बताइएको छ ।

पाेखरामा ठडियाे धरहरा, ६० रुपैयाँ तिरेर चढ्न सकिने Read Previous

पाेखरामा ठडियाे धरहरा, ६० रुपैयाँ तिरेर चढ्न सकिने

बाणिज्य बैंकहरुलाई ‘गोएएमएल’ अनिवार्य, शंकास्पद वित्तिय गतिविधि नियन्त्रण हुने राष्ट्र बैंकको बिश्वास Read Next

बाणिज्य बैंकहरुलाई ‘गोएएमएल’ अनिवार्य, शंकास्पद वित्तिय गतिविधि नियन्त्रण हुने राष्ट्र बैंकको बिश्वास