८६ हजार घर पुननिर्माण गर्न बिश्व बैंकले गर्यो थप २० करोड डलर ऋण सहायता

बिश्व बैंकले नेपालमा भुकम्प पछिको पूननिर्माणको लागि ‘भुकम्प आवास पुननिर्माण योजना’लाई थप २० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराएको छ ।

 

भुकम्प आवास पुननिर्माण योजना र थप ऋणले नेपाल सरकारको छाता आवास निर्माण योजनालाई सहयोग पुग्ने बिश्व बैंकले जनाएको छ । सरकारको आवास निर्माण योजनाले भुकम्प प्रतिरोधक घरहरु बनाउनका लागि योग्य हकदारहरुलाई अनुदान दिइरहेको छ ।

 

दास्रो ऋण सहायताले ३२ जिल्लामा थप ८६ हजार ६ सय ८० घरहरु पूननिर्माणलाई गति दिने बिश्व बैंकले जनाएको छ ।

 

नेपालमा भुकम्पले कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशतको हाराहारी प्रभाव पारेको जनाइएको छ, जसको पूननिर्माणको लागि ७ अर्ब डलर लाग्ने अनुमान गरिएको छ ।

सरकारले भेट्यो राजश्व लक्ष्य, २ दिनमै ५९ अर्ब राजश्व संकलन Read Previous

सरकारले भेट्यो राजश्व लक्ष्य, २ दिनमै ५९ अर्ब राजश्व संकलन

अटो क्षेत्रमा मन्दी: वातावरण सुधार्न नाडाले भेट्यो अर्थमन्त्री Read Next

अटो क्षेत्रमा मन्दी: वातावरण सुधार्न नाडाले भेट्यो अर्थमन्त्री