सरकारले भेट्यो राजश्व लक्ष्य, २ दिनमै ५९ अर्ब राजश्व संकलन

काठमाडौं । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा पुस महिनाको अन्तिम दुईदिनमा नै ५८ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । योसँगै सरकारले पुस महिनाको राजस्व लक्ष्य भेट्टाएको हो ।

 

सरकारले पुस महिनामा १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

 

सरकारले पुस २९ गते ४२ अर्ब ४६ करोड र २८ गते १५ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा पहिलो पटक पुस महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।

 

साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको थिएन । सरकारले पुस महिनामा आएर राजस्वको लक्ष्य पुरा गरेपनि विकास खर्चको स्थिति भने खासै सुधार आएको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म १३.७२ प्रतिशतमात्र विकास खर्च भएको छ ।

साइकल किन यति धेरै लोकप्रिय छ नेदरल्याण्डमा ? के भन्छन् सँधै साइकल चढ्ने प्रधानमन्त्री Read Previous

साइकल किन यति धेरै लोकप्रिय छ नेदरल्याण्डमा ? के भन्छन् सँधै साइकल चढ्ने प्रधानमन्त्री

८६ हजार घर पुननिर्माण गर्न बिश्व बैंकले गर्यो थप २० करोड डलर ऋण सहायता Read Next

८६ हजार घर पुननिर्माण गर्न बिश्व बैंकले गर्यो थप २० करोड डलर ऋण सहायता