मेगा बैंकले बाँड्यो बालबालिकालाई न्यानो कपडा

उदयपुर । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
उदयपुर बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटी स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरेका हुन् ।

 

चिसोका कारण विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ ।

 

गत सातापनि मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।

‘व्याजदर र बालुवाटार तिर आँखा डुलाउनै पर्दैन, ‘आरटीजीएस’ लागू गर्नुस सेयर बजार आफैं बढ्छ’ Read Previous

‘व्याजदर र बालुवाटार तिर आँखा डुलाउनै पर्दैन, ‘आरटीजीएस’ लागू गर्नुस सेयर बजार आफैं बढ्छ’

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र निर्माणले गति लिएन Read Next

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र निर्माणले गति लिएन