‘व्याजदर र बालुवाटार तिर आँखा डुलाउनै पर्दैन, ‘आरटीजीएस’ लागू गर्नुस सेयर बजार आफैं बढ्छ’

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले नेप्सेलाई ‘आरटीजीएस’ (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली लागू गर्न निर्देशन दिएका छन् । नेप्सेको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले सो निर्देशन दिएका हुन् । यस्तो प्रणाली लागू गरिए सेयर राफसाफ अहिलेको भन्दा एक दिन चाँडो हुने हुँदा पैसा बढि चलायमान हुने जानकारहरु बताउँछन् ।

 

‘राष्ट्र बैंकले आरटीजीयस लागु गरिसकेको छ । अब, तपाईहरु पनि लागू गर्नुस, जसले पैसाको ‘भेलोसीटी’ बढाउँछ र सेयर बजार बढाउन पनि मद्दत पुग्छ । सँधै सेयर बजार बढेन भनेर बैंकको ब्याजदर र बालुवाटार तिर हेर्नै पर्दैन’, मन्त्री खतिवडाले भने ।

 

उनले बण्ड बजारलाई पनि थप विकास गर्दै लैजानुपर्ने बताए । बण्डमा सेयरमा जस्तो जोखिम नहुने र लगानी गरेको रकममा निश्चत प्रतिशत ब्याज लगानीकर्ताले सँधै पाउने हुनाले जोखिम लिन नचाहने लगानीकर्ताको लागि यो लगानी गर्ने राम्रो वित्तिय औजार हो । यो व्यवसायीको लागि पूँजी जुटाउने र लगानीकर्ताको लागि लगानी गर्ने राम्रो वित्तिय औजार हो ।

 

सोही कार्यक्रममा खतिवडाले अहिले सेयर कारोबारको लागि अर्को कम्पनी खोल्ने अवस्था नभएको भनेर नेप्सेलाई ढुक्क भएर काम गर्न भने । तर, नेप्सेलाई नियामक निकायको निर्देशन पालना गर्न भने आनाकानी नगर्न निर्देशन दिए । ‘जति छलफल र बहस गर्ने हो पहिले नै गर्नुपर्यो । तर, नियामकले निर्देशन जारी गरिसकेपछि नमान्ने भन्ने हुँदैन । यसले लगानीकर्ताहरु र अन्य सरोकारवालाहरुमा राम्रो सन्देश जाँदैन’, खतिवडाले भने ।

 

सेयर बजार सम्बन्धी सबै सरोकारवालाहरुको चासोको विषय रहको बैंकको ब्रोकर लाइसेन्स र ब्रोकरको संख्या थप गर्ने वा नगर्ने भन्ने बिषयमा भने थप छलफल गर्दे जाने बताएका उनले लाभांश करमा भने बजेटको समयमा छलफल गरेर अघि बढ्ने जनाए ।

 

मन्त्री खतिवडाले कार्यक्रममा लगानीका लागि अन्य वित्तिय औजारहरुको बारेमा पनि चासो ब्यक्त गर्दै डिबेन्चर जारी गरेकोमा बैंकहरुलाई धन्यवाद दिए । उनले बण्ड बजारलाई पनि थप विकास गर्दै लैजानुपर्ने बताए । बण्डमा सेयरमा जस्तो जोखिम नहुने र लगानी गरेको रकममा निश्चत प्रतिशत ब्याज लगानीकर्ताले सँधै पाउने हुनाले जोखिम लिन नचाहने लगानीकर्ताको लागि यो लगानी गर्ने राम्रो वित्तिय औजार हो । यो व्यवसायीको लागि पूँजी जुटाउने र लगानीकर्ताको लागि लगानी गर्ने राम्रो वित्तिय औजार हो ।

 

मन्त्रीले नेपाली सेयर बजारले स्थापनाको यो २७ वर्षमा मात्रात्मक र गुणात्मक हिसाबले धेरै फड्को मारिसकेको र अझ धेरै अगाडी बढ्न बाँकी नै रहेको बताउँदै यहाँ लगानी गर्दा सुझबुझ पूर्ण ढंगले लगानी गर्न लगानीकर्ताहरुर्ला सुझाव दिएका छन् ।

आज माघे संक्रान्ति, परिवर्तन हुँदै मनाउने चलन Read Previous

आज माघे संक्रान्ति, परिवर्तन हुँदै मनाउने चलन

मेगा बैंकले बाँड्यो बालबालिकालाई न्यानो कपडा Read Next

मेगा बैंकले बाँड्यो बालबालिकालाई न्यानो कपडा