मेगा बैंकको उपत्यकामा ४ ओटा एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौं । मेगा बैंक नेपालले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

 

काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो।

 

यससँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ।क्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ।

 

मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमिट रहेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश घोषणा Read Previous

सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

५० करोड राजश्व छलीको आरोप दुई जनाविरुद्ध मुद्दा Read Next

५० करोड राजश्व छलीको आरोप दुई जनाविरुद्ध मुद्दा