सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५३ औं बैठकले बैंकको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

 

बैंक सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्रद बैंकको स्वीकृति तथा बैंकको आगमी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ।

 

बैंकको हाल चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँ रहेको छ भने बोनस वितरण पछि ८३ करोड ४३ लाख ३८ हजार ४३१ रुपैयाँ पुग्नेछ ।

'रेल्वे विधेयक २०७६' स्वीकृत, रेल्वे बोर्ड गठन हुने Read Previous

'रेल्वे विधेयक २०७६' स्वीकृत, रेल्वे बोर्ड गठन हुने

मेगा बैंकको उपत्यकामा ४ ओटा एक्सटेन्सन काउन्टर सञ्चालन Read Next

मेगा बैंकको उपत्यकामा ४ ओटा एक्सटेन्सन काउन्टर सञ्चालन