माछापुच्छ्रे बैंकले ल्यायो किसान कार्ड सेवा, यस्ता छन् सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पूँजी खर्च परिपूर्ति गर्ने उद्देश्यले ‘माछापुच्छ्रे किसान कार्ड सेवा’ सञ्चालनमा ल्याएको छ ।

 

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तर्गत किसानहरुले ४ लाख सम्मको कृषि कर्जा कार्ड मार्फत प्राप्त गर्नेछन् ।

 

पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसंग आबद्घ बाँके जिल्लाको खजुरा गाउँपालिकास्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरी सेवाको शुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ ।

 

उक्त किसान कार्ड मार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सीमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

 

बैंकले देशका ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।

 

बैंकले देशभर हाल १४४ वटा शाखा, १३८ शाखा रहित बैकिङ्ग सेवा र १७२ वटा एटीएम मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

जाजरकोट-डोल्पा सडकमा ५ बेलिब्रिज बन्दै Read Previous

जाजरकोट-डोल्पा सडकमा ५ बेलिब्रिज बन्दै

'रेल्वे विधेयक २०७६' स्वीकृत, रेल्वे बोर्ड गठन हुने Read Next

'रेल्वे विधेयक २०७६' स्वीकृत, रेल्वे बोर्ड गठन हुने