क्लासिक टेकले ल्यायो १ जीबीपीएस स्पीडको ‘इन्टरप्राइज प्रो’ इन्टरनेट

काठमाडौं । क्लासिक टेकले १ जीबीपीएसको इन्टरप्राइज प्रो इन्टरनेट योजना ल्याएको छ ।

कम्पनीले व्यापार व्यवसायलाई मध्ये नजर गर्दै १००० एमबीपीएस (१ जीबीपीएस) स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

विशेष गरी धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै होस्टेल, स्कुल, हस्पिटल, आइटी कम्पनी, कन्सल्टेन्सी, होटल लगायतलाई लक्षित गर्दै यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत इन्टरनेट जडान गर्दा ग्राहकले पब्लिक आइपी एड्रेस एल २ सपोर्ट र वाइफाइ ६ राउटर निःशुल्क पाउने छन् ।

यो प्याकेजमा इन्टरनेट जडान गर्दा मासिक शुल्क ७ हजार २९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले यति मात्र नभई ५०० एमबीपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो । यो सेवा ग्राहकको लागि काठमाडौं लगायत देशको प्रमुख सहरहरूमा सेवा सुचारु भइसकेको कम्पनीले बताएको छ ।

टोखाले मुटु रोगको उपचार गर्न नगरवासीलाई ५० हजार दिने Read Previous

टोखाले मुटु रोगको उपचार गर्न नगरवासीलाई ५० हजार दिने

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट पाउने Read Next

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट पाउने