
काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकले सुजुकी गाडी खरिदमा विशेष छुट पाउने भएका छन् ।
बैंक र नेपालका लागि सुजुकीको अधिकृत विक्रेता न्यान्सी अटोमोबाइल्स बाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले न्यान्सी अटोमोबाइल्स बाट सुजुकी ब्रान्डका विभिन्न मोडेलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप ३० हजार देखि १ लाख ७५ हजार रुपैयाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र न्यान्सी अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका हुन् ।