चेम्बरद्धारा राजावादीको आन्दोलनबाट भएको नोक्सानीको क्षतिपूर्ति माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ ।

चेम्बरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले आपत्ति जनाएको हो ।

‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ । सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमा समेत क्षति पुगेको छ, । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए/गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।

नेप्सेमा थप तीन कम्पनीकाे ५७ लाख कित्ता बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप तीन कम्पनीकाे ५७ लाख कित्ता बोनस सेयर सूचीकृत

हुलदंगाबाट भएको क्षतिको बीमा दाबी फछ्र्यौट छिटो गर्न प्राधिकरणको निर्देशन Read Next

हुलदंगाबाट भएको क्षतिको बीमा दाबी फछ्र्यौट छिटो गर्न प्राधिकरणको निर्देशन