काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप तीन कम्पनीको ५७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मेतरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत (१० लाख ५६ हजार ७३४.२६ कित्ता), महालक्ष्मीको ३ प्रतिशत (१२ लाख ५१ हजार ३९५.५८ कित्ता) र माउन्टेन इनर्जीको १५ प्रतिशत (३३ लाख ९४ हजार ८४६.५८ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।