
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशन गर्दै ५०० रुपैयाँ दरका २३ करोड थान नोट छपाइका लागि टेन्डर आह्वान गरेको छ ।
राष्ट्र बैंकका अनुसार नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य कम्पनीले आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले यसअघि नै नोट छपाइका लागि पूर्व योग्यता पुगेका कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । जसमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् छन् ।
यिनैमध्ये इच्छुक कम्पनीले आगामी १४ मे २०२५ को मध्याह्न १२ बजेसम्म राष्ट्र आवेदन दिन सक्नेछन् । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ ।