नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । गत बुधबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । तीन दिनमा नेप्से ११२ अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा २ अर्बले बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । लगानी, फाइनान्स र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६९ करोड १९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको दोस्रो धेरै ४७ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मात्रै मूल्य घटेको छ ।

आज जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, दोर्दीखोला हाइड्रोपावर, तेह्रथुम पावर र गुँरास लघुवित्तका सेयरधनीले ६ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

बढ्दो बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.९३ प्रतिशत गुमाएका छन् ।

सांसदहरू बाझ्न थालेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित Read Previous

सांसदहरू बाझ्न थालेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत Read Next

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत