काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आइतबार बैठक सुरु हुने बित्तिकै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरू बीच चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
सुरुमा प्रतिपक्ष दलका सांसदहरु उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि सत्तापक्ष सांसदहरु पनि उठेर होहल्ला गर्न थालेपछि बैठक स्थगित भएको हो ।
प्रतिपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग राख्दै अवरोध गर्दै आएका छन् ।
यसैबीच, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले चैत १८ गते जवाफ दिने जानकारी गराएका छन् ।