कुलमान घिसिङले पाएनन् ‘स्टे अर्डर’, प्राधिकरण फर्कने बाटो बन्द

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले दुवै पक्षलाई आइतबारका छलफलमा बोलाएको छ । अदालतले स्टे अर्डनर नदिएपछि तत्कालका लागि कुलमान प्राधिकरणमा फर्कने बाटो बन्द भएको हाे ।

कुलमानले अन्तरिम आदेश नपाएसँगै हितेन्द्रमान शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।

सरकारले चैत ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेवलाई कार्यकारी निर्देश्कमा नियुक्त गरेको थियो । सरकारको उक्त निर्णय बदर गर्दै आफूलाई पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

सुरू भयो चियाको पहिलो टिपाइ Read Previous

सुरू भयो चियाको पहिलो टिपाइ

राजावादीले तीनकुनेमा तोडफोड गरे व्यक्तिका घर Read Next

राजावादीले तीनकुनेमा तोडफोड गरे व्यक्तिका घर