राजावादीले तीनकुनेमा तोडफोड गरे व्यक्तिका घर

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा व्यक्तिगत घर तोडफोड गरेका छन् । जारी प्रदर्शनका क्रममा राजावादीहरु अराजक बन्दै सडक किनारामा रहेको व्यक्तिगत घरमा ढुंगामुडा गरेका हुन् ।

प्रहरीले राजावादीलाई तितिरवितर बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि राजावादीले व्यक्तिगत घरमा आक्रमण गरेका हुन् ।

अहिले तीनकुनेको अवस्था तनावग्रस्त छ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरिरहेको छ ।

ढुंगामुडाबाट कति वटा घरमा कति रकम बराबरको क्षति पुग्यो भन्ने विवरण आइसकेको छैन ।

कुलमान घिसिङले पाएनन् 'स्टे अर्डर', प्राधिकरण फर्कने बाटो बन्द Read Previous

कुलमान घिसिङले पाएनन् 'स्टे अर्डर', प्राधिकरण फर्कने बाटो बन्द

अराजक बने राजावादी, तीनकुनेमा निजी घरमा लगाए आगो Read Next

अराजक बने राजावादी, तीनकुनेमा निजी घरमा लगाए आगो