अराजक बने राजावादी, तीनकुनेमा निजी घरमा लगाए आगो

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरू अराजक बनेका छन् । उनीहरूले तिनकुने क्षेत्रमा व्यक्तिगत घर तोडफोड गर्नुका साथै एउटा घर आगो समेत लगाइदिएका छन् ।

आगो नियन्त्रणका लागि गएको दमकल समेत तोडफोड गरेका छन् । प्रहरीले राजावादीलाई तितिरवितर बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि राजावादीले आक्रोशित हुँदै व्यक्तिगत घरमा आक्रमण गरेका हुन् ।

अहिले तीनकुनेको अवस्था तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरिरहेको छ ।दोहोरो झडकमा क्रममा केही प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको स्थिति सुरू भएकाे थियाे । आजको प्रदर्शनको नेतृत्व विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका छन् ।

राजावादीले तीनकुनेमा तोडफोड गरे व्यक्तिका घर Read Previous

राजावादीले तीनकुनेमा तोडफोड गरे व्यक्तिका घर

तीनकुने क्षेत्रमा कर्फ्यु लगाइँदै Read Next

तीनकुने क्षेत्रमा कर्फ्यु लगाइँदै