तीनकुने क्षेत्रमा कर्फ्यु लगाइँदै

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी अराजक बनेपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु लगाउने तयारी भएको छ ।

घटनास्थलमा रहेका प्रहरीले माइकिङ गर्दै राजावादी प्रदर्शनकारीलाई अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका हुन् ।

अहिले तीनकुनेको अवस्था तनावग्रस्त छ । राजावादी अराजक बन्दै तोडफोड र आगजनीमा उत्रिएका छन् । उनीहरुले  करिब १ दर्जन घरमा तोडफोड गरेका छन् भने एउटा घरमा आगो समेत लगाइदिएका छन् । यद्यपि, उक्त आगलागी नियन्त्रणमा आइसकेको छ ।

उनीहरुले आगो नियन्त्रणका लागि गएको दमकल समेत तोडफोड गरेका गरेका थिए । प्रहरीले राजावादीलाई तितिरवितर बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि राजावादीले आक्रोशित हुँदै व्यक्तिगत घरमा आक्रमण गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरिरहेको छ ।दोहोरो झडकमा क्रममा केही प्रहरी घाइते भएका छन् ।

अराजक बने राजावादी, तीनकुनेमा निजी घरमा लगाए आगो Read Previous

अराजक बने राजावादी, तीनकुनेमा निजी घरमा लगाए आगो

काठमाडौंका ५ क्षेत्रमा कर्फ्यु आदेश, १० बजेसम्म हिँडडुल गर्न रोक Read Next

काठमाडौंका ५ क्षेत्रमा कर्फ्यु आदेश, १० बजेसम्म हिँडडुल गर्न रोक