सुरू भयो चियाको पहिलो टिपाइ

मंगलबारे (झापा) । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन ।

गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ ।

पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ ।

जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन् ।

इलाम लगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ । जसमा १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न छन् । तथ्याङ्कअनुसार हाल यहाँ १ करोड ८२ लाख केजी सीटीसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।

आधा पनि बिकेन नेको इन्स्योरेन्सको हकप्रद सेयर, अब लिलामीमा आउने Read Previous

आधा पनि बिकेन नेको इन्स्योरेन्सको हकप्रद सेयर, अब लिलामीमा आउने

कुलमान घिसिङले पाएनन् 'स्टे अर्डर', प्राधिकरण फर्कने बाटो बन्द Read Next

कुलमान घिसिङले पाएनन् 'स्टे अर्डर', प्राधिकरण फर्कने बाटो बन्द