आधा पनि बिकेन नेको इन्स्योरेन्सको हकप्रद सेयर, अब लिलामीमा आउने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्रीमा ल्याएका हकप्रद सेयर आधा पनि बिक्न नसेकको पाइएको छ ।

इन्स्योरेन्सले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

सोमध्ये २१ लाख ७४ हजार ९७ कित्ता सेयरका लागि मात्रै आवेदन परेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । यो बिक्रीमा ल्याएको कुल सेयरको ४३.२१ प्रतिशत मात्रै हो ।

यद्यपि, भौतिक रुपमा फारम भर्नेहरुको विवरण आइ नसकेकाले आवेदकको संख्या केही बढ्न सक्नेछ । कम्पनीको २८ लाख ५६ हजार ८०५ कित्ता हकप्रद सेयरमा आवेदन नपरेको हो । कम्पनीले अब उक्त सेयर लिलामी मार्फत बिक्री गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो Read Previous

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो

सुरू भयो चियाको पहिलो टिपाइ Read Next

सुरू भयो चियाको पहिलो टिपाइ