सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रकेर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि चैत ७ गते सबैभन्दा धरै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर २०४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बीमा कम्पनीलाई बीमित टिकाउनै मुस्किल, ८ महिनामै १० अर्बको पोलिसी सरेन्डर Read Previous

बीमा कम्पनीलाई बीमित टिकाउनै मुस्किल, ८ महिनामै १० अर्बको पोलिसी सरेन्डर

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो Read Next

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो