सेन्टर प्लाजाको आगलागीमा फसेका १६ जनाको उद्धार

इटहरी (सुनसरी) । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगलागी भएपछि फसेका १६ जनाको उद्धार गरिएको छ ।

सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका ११ पुरुष र ५ जना महिलालाई हेलिकप्टरको समेत सहयतामा उद्धार गरिएको हो ।

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।

बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेकाे थियाे ।

 

यस्ता छन् कुलमानलाई हटाउनुका सरकारले दिएका १० कारण Read Previous

यस्ता छन् कुलमानलाई हटाउनुका सरकारले दिएका १० कारण

भूमि अध्यादेशबाट सरकार ब्याक, अब विधेयक ल्याउने Read Next

भूमि अध्यादेशबाट सरकार ब्याक, अब विधेयक ल्याउने