भूमि अध्यादेशबाट सरकार ब्याक, अब विधेयक ल्याउने

काठमाडौं । सरकारले भूमि अध्यादेश फिर्ता लिने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले विवादास्पद भूमि सम्बन्धी अध्यादेश निष्क्रिय पार्ने निर्णय गरेको हो ।

सरकारले सदनको बैठक हुनु अगाडि ६ अध्यादेश जारी गरेको थियो । तीमध्ये ५ अध्यादेश संसदका दुवै सदन पेश भए पनि भूमि अध्यादेश पेस नै हुन सकेको थिएन ।

सत्तारुढ दल जसपा नेपालले भूमि अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने जनाएपछि सरकार पछि हट्न बाध्य भएको हो । सत्तारुढ दलबीच अब जसपाका माग पनि सम्बोधन गर्दै भूमि सम्बन्धी विधेयक ल्याउने सहमति भएको छ ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका अध्यक्ष अशोक राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको सहभागिता थियो ।

सेन्टर प्लाजाको आगलागीमा फसेका १६ जनाको उद्धार Read Previous

सेन्टर प्लाजाको आगलागीमा फसेका १६ जनाको उद्धार

१५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु उपचार  निःशुल्क गर्ने निर्णय Read Next

१५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय