काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ४७ हजार ६०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । रीतपूर्वक आवेदन दिएका १७ लाख बढीको भने हात खाली भएको छ ।
कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ७६ लाख रुपैयाँ बराबरको १४ लाख ७६ हजार कित्ता सेयरमा बिक्रीमा ल्याएको थियो ।
जसमा २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये २ लाख ८ हजार २७८ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक प्रभु क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।