दाङको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो बिहान ६ बजेसम्म नियन्त्रणमा आउन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन । रासस

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने Read Previous

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा Read Next

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा