टिकटक बन्यो एनसेल नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटक एनसेल नेपाल सुपर लिग (एनएसएल)सँग आगामी तेस्रो सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ ।

फुटबल फ्यानहरूलाई एकताबद्ध गर्ने, लिगको उत्साह बढाउने र फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकहरूको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो।

नेपाल सुपर लिग मार्च २९ देखि काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । एक महिनासम्म चल्ने प्रतियोगिताको फाइनल अप्रिल २६ मा हुनेछ ।

यो सहकार्यसँगै टिकटकमा विशेषकन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याउने कम्पनीको विश्वास छ ।

एनएसएलमा प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन्।

फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन् । जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउने कम्पनीको भनाइ छ ।

नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछजसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक, #CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ।

टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्नेटिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ।

टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं। यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं।’

उनले टिकटक नेपालमा विगत २ वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको बताइन् । ‘टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ। यसले अविश्वसनीय र अनौठा खेलकुद कन्टेन्टलाई बढावा दिन्छ र क्रियटरहरूलाई खेलकुदका केही उत्कृष्ट क्षणहरूलाई फेरिजीवन्त बनाउन र रिमिक्स गर्न सजिलो बनाउँछ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दैहाम्रो नेपाली समुदायलाई नेपालको सबैभन्दा लोकप्रिय खेलकुद ईभेन्टसँगक्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू प्रदान गर्नेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको घर बनाउने छौं,’ उनले भनिन् ।

नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने Read Next

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने