नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार सूर्योदय वोमी लघुवित्तले र सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूर्योदय वोमीको ६ प्रतिशत (६ लाख २६ हजार १९९.७९ कित्ता) र सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत (१ लाख ४८ हजार २४५.०९ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमतामा तीन सबस्टेसन निर्माण अन्तिम चरणमा Read Previous

वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमतामा तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

टिकटक बन्यो एनसेल नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर Read Next

टिकटक बन्यो एनसेल नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर