डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ चयन

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।

बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

एसोसियसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन,अध्यक्षको प्रतिवेदन, आव २०८१/८२ को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको माग Read Previous

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको माग

ट्राफिकले दुईपाङ्ग्रे सवारी चालकसँग माग्न थाल्यो '२ मिनेट' Read Next

ट्राफिकले दुईपाङ्ग्रे सवारी चालकसँग माग्न थाल्यो '२ मिनेट'