काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम (अछाम) लाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
केन्द्रीय कार्यालय, दरबारमार्गमा बिहीबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा गर्न सो रकम प्रदान गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।