नेपाल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (चैत ७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत गरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे सुुरु हुनेछ।

वीरगंज सुक्खा बन्दरगाहमा आउन थाल्यो 'ट्यांक कन्टेनर', ढुवानी भाडा सस्तिने Read Previous

वीरगंज सुक्खा बन्दरगाहमा आउन थाल्यो 'ट्यांक कन्टेनर', ढुवानी भाडा सस्तिने

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति Read Next

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति