सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा दीपक खराललगायतका अधिकारीहरू बीच मंगलबार मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो ।

यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

नेपाल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेपाल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

भन्सार विधेयकबाट कर्मचारीलाई विभागीय कारबाही गर्ने विषय हटाइयो Read Next

भन्सार विधेयकबाट कर्मचारीलाई विभागीय कारबाही गर्ने विषय हटाइयो