सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रकेर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि चैत १ गते सबैभन्दा धरै प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । पछिल्लो समय अमेरिकाले कर्पोरेट वार सुरु गरेपछि विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९८८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर २०५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

क्रेष्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

क्रेष्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ट्रकमा राखेको २० करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ Read Next

ट्रकमा राखेको २० करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ