काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार २१ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
सोमबार नेप्से परिसूचक १०.१४५ अंकले घटेर २७०४.७० बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४३ करोड रुपैयाँले घटेर ५ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये ४ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक ०.४४ प्रतिशतले बढेको छ भने व्यापार समूह ३.३८ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ४३ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ३० करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा आज राप्ति हाइड्रोपावरको सर्वाधिक ९.८६ प्रतिशत कमाएका छन् भने महालक्ष्मी विकास बैंकका सेयरधनीले सर्वाधिक ५.६३ प्रतिशत गुमाएका छन् ।