स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्गको काम ठप्प

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम फेरि ठप्प भएको छ । खानेपानी लगायतका माग अघि सार्दै चन्द्रागिरी नगरपालिका-२ का स्थानीयले आइतबारदेखि निर्माणको काममा अवरोध गरेका हुन् ।

निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प बनेको आयोजनाले जनाएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नभएसम्म काम गर्न नदिने अडान लिएका छन् । यसअघि पनि स्थानीयले पटक पटक आयोजनाको काम ठप्प पार्दै आएका थिए ।

अहिले स्थानीयसँग छलफल गरेर माग सम्बोधन र समस्या समाधानको उपाय निकाले प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

आगामी २०८२ असोज भित्र सुरुङमार्ग संचालनमा ल्याउने लक्ष्य रहे पनि स्थानीयले पटक पटक अवरोध गर्दा पछि धकेलिँदै गएको छ ।

४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ देखि सुरुङमार्गको निर्माण थालिएको थियो । पटक पटक म्याद थपिए पनि अझै आयोजनाको काम पूरा हुन सकेको छैन । हालसम्म आयोजनाको करिब ८७ प्रतिशत काम सम्पन्न भएको छ । अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुमा फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा छ ।

आयोजनाको मुख्य सुरुङको दूरी २ हजार ६८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५५७ मिटर छ ।

नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफ बीच सम्झौता, १५ हजारसम्म छुट पाउने Read Previous

नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफ बीच सम्झौता, १५ हजारसम्म छुट पाउने

ऊर्जामन्त्री खड्कालाई झड्का, जाँचबुझ समितिलाई काम गर्न सर्वोच्चकाे रोक Read Next

ऊर्जामन्त्री खड्कालाई झड्का, जाँचबुझ समितिलाई काम गर्न सर्वोच्चकाे रोक