नेपाल बैंक र वात्सल्य नेचुरल आईभीएफ बीच सम्झौता, १५ हजारसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालि बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफ प्रालिको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरलका विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने छन् ।

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने छन् ।

त्यस्तै, आईभीएफ प्याकेजमा कर्मचारीहरूलाई १५ हजार र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई १० हजार रुपैयाँ छुट पाउने बैंकले जनाएको छ ।

यसबाट नेपाल बैंकका कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आईभीएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

भारतबाट आयातित सेतो अण्डा नष्ट पार्ने क्रम तीव्र बनाउँदै सशस्त्र प्रहरी Read Previous

भारतबाट आयातित सेतो अण्डा नष्ट पार्ने क्रम तीव्र बनाउँदै सशस्त्र प्रहरी

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्गको काम ठप्प Read Next

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्गको काम ठप्प