अब इन्टरनेशनल ड्राइभिङ परमिट यातायात व्यवस्था विभागले जारी गर्ने

काठमाडौं । अब इन्टरनेशनल ड्राइभिङ परमिट यातायात व्यवस्था विभागले जारी गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

मन्त्रालयले उक्त विधेयक सार्वजनिक गरी सरोकारवालाहरुसँग सुझाव माग समेत गरेको छ ।

प्रस्तावित विधेयकको परिच्छेद ३ को दफा १८ मा अन्तर्राष्ट्रिय चालक अनुमति जारी गर्ने सम्बन्धी व्यवस्था छ । ‘विभागले सवारी चालक अनुमति पत्रको म्याद बहाल रहेको नेपाली नागरिकलाई विदेशमा सवारी चलाउनको लागि तोकिएको प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय चालक अनुमति (इन्टरनेशनल ड्राइभिङ परमिट) जारी गर्नेछ,’ विधेयकमा भनिएको छ ।

साथै, दफा १८ कै उपदफ २ मा अन्तर्राष्ट्रिय चालक अनुमति जारी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख छ ।

नयाँ विधेयकको परिच्छेद ३ को दफा १७ मा विदेशी चालक अनुमति पत्रको मान्यता सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपदफा १ मा नेपाल पक्ष राष्ट्र भएको सडक ट्राफिक सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको पक्ष राष्ट्रबाट प्राप्त चालक अनुमति पत्र वा नेपालको चालक अनुमति पत्रलाई मान्यता दिने मुलुकबाट प्राप्त चालक अनुमति पत्रलाई परीक्षणकालीन चालक अनुमतिपत्रको मान्यता दिनुपर्ने उल्लेख छ ।

बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

साझा यातायातले भेटेन सीईओ बन्ने व्यक्ति, फेरि दरखास्त आह्वान Read Next

साझा यातायातले भेटेन सीईओ बन्ने व्यक्ति, फेरि दरखास्त आह्वान