बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

हप्तैपिच्छे प्रणालीबाट अर्बौं खिच्दै आएको राष्ट्र बैंकले आज फेरि निक्षेप बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी चैत २४ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अहिले इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.७२ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग अपेक्षित रुपमा बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

अझै लयमा फर्किन सकेन घरजग्गा कारोबार, राजस्व भने बढ्यो Read Previous

अझै लयमा फर्किन सकेन घरजग्गा कारोबार, राजस्व भने बढ्यो

अब इन्टरनेशनल ड्राइभिङ परमिट यातायात व्यवस्था विभागले जारी गर्ने Read Next

अब इन्टरनेशनल ड्राइभिङ परमिट यातायात व्यवस्था विभागले जारी गर्ने