यस वर्ष विश्व बजारमा तेलको मागमा कमी आउनसक्ने प्रक्षेपण, यस्तो छ कारण

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै सुरु भएको बढ्दो व्यापार युद्धका कारण सन् २०२५ मा विश्व बजारमा कच्चा तेलको मागमा कमी आउन सक्ने आकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) ले यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने प्रक्षेपण गरे पनि अमेरिकाले विश्वभर ट्रेड वार सुरु गरेकाले त्यसको असर तेलको मागमा पर्ने आकलन भएको हो ।

आइइएको तथ्याङ्क अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बीपीडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बीपीडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण १० लाख ३९ हजार बीपीडीमा लैजानेछ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ ।

‘नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,’ आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आइईएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्याङ्कनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ ।

कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा ०.५ प्रतिशत कमी आई ग्रीनविच समएअनुसार बिहीबार बिहान १०ः५० प्रति ब्यारेल ७०.५७ डरमा कारोबार भएको छ ।

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन Read Previous

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

मुक्तिनाथमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरू, क्रस बोर्डर भुक्तानी गर्न सकिने Read Next

मुक्तिनाथमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरू, क्रस बोर्डर भुक्तानी गर्न सकिने