वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए ।

‘इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई ७ दिनभित्र इजाजतपत्र लिइ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देश गरिएको छ,’ उनले भने, ‘अनुगमनका क्रममा अधिकांश मासु पसलले मूल्यसूची नराखेको भेट्टियो । केही मासु पसलका कारण वरिपरिको वातावरण प्रदूषित भएको पाइएको छ ।’ रासस

विदेशी भाषा परीक्षाको शुल्क अनलाइनबाट तिर्दा ग्लोबल आइएमईकाे सेवा शुल्कमा ५०% छुट Read Previous

विदेशी भाषा परीक्षाको शुल्क अनलाइनबाट तिर्दा ग्लोबल आइएमईकाे सेवा शुल्कमा ५०% छुट

यस वर्ष विश्व बजारमा तेलको मागमा कमी आउनसक्ने प्रक्षेपण, यस्तो छ कारण Read Next

यस वर्ष विश्व बजारमा तेलको मागमा कमी आउनसक्ने प्रक्षेपण, यस्तो छ कारण